- अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।
काठमाडौं : फिफा विश्वकप फुटबलको समुह चरणको ड्र आज हुदैछ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा विश्वकपको समुह चरणको ड्र नेपाली समय अनुसार आज राति १०: ४५ बजेदेखि हुदैछ ।
अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।
अहिलेसम्म विश्वकपमा छानिएका देशहरुमा एशियाबाट अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान गरी ८ देश रहेका छन् । त्यस्तै अफ्रिकाबाट अल्जेरिया, केप भार्डे, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया गरी ९ देश रहेका छन् । त्यस्तै उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, मेक्सिको र क्यानडा आयोजकको रुपमा छनौट भएका छन् भने कुराकाको, हैटी र पानामा गरि ६ देश छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे गरी ६ देश छनौट भएका छन् ।
त्यसैगरी ओसियानाबाट न्यूजील्याण्ड छनौट भएको छ भने युरोपबाट अस्ट्रिया, बेल्जियम, क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्डस, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन र स्वीजरल्याण्ड गरी १२ देश छनौट भएका छन् ।
२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् । त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।
हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाय १९ मा हुने छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।