- जितसँगै लुम्बिनीले प्लेअफ सम्भावनालाई कायम राखेको छ।
काठमाडाैँ: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले तेस्रो जित हासिल गरेको छ। बुधबार भएको खेलमा विराटनगर किंग्सले दिएको १ सय ४५ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्याे।
लुम्बिनीको ५ विकेटको जितमा ड्यार्सी सर्टले ५७ रनको अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक सुमित महर्जनले १० रन बनाउँदा सन्दीप जोराले २४ तथा निरोसन डिकवेलाले २५ रनको अविजित इनिङ खेलेका थिए।
उनीबाहेक दिलिप नाथले ११ रनको अविजित इनिङ खेले। उनीबाहेक सुवाश भण्डारी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका थिए। जितसँगै लुम्बिनीले प्लेअफ सम्भावनालाई कायम राखेको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउँदा साम हेजलेटले २७ रन बनाए। त्यस्तै फाफ डुप्लेसिसले १२ रन बनाउँदा बसिर अहमद २८ रन बनाएका थिए।
त्यस्तै प्रतिश जिसीले ११ रन बनाएका थिए। लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिंदा जेजे स्मिथ, अभिषेस गौतम र रुवेल ट्रम्पेलम्यान ले १–१ विकेट लिएका थिए। जितसँगै लुम्बिनीको ६ अङ्क भएको छ। पराजयका बाबजुत विराटनगरको ८ अङ्क रहेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।