एटलेटिको म्याड्रिडमाथि बार्सिलोनाको सहज जित

२०८२ मङ्सिर १७ बुधवार
सारांश
  • बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

काठमाण्डौ, १७ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

 

बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि एक गोल एलेक्स बाएनाले गरेका थिए ।

 

यो जितपछि बार्सिलोनाको १५ खेलमा ३७ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको भने १४ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको भने १५ खेलमा ३१ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार