एसिसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पधा
२०८२ मङ्सिर १५ सोमवार
- खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।
काठमाडौं: १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।
खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।
नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ। तेस्रो स्थानका लागि आज मलेसिया र ओमान भिड्दैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।