भारतविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लीन स्वीप
२०८२ मङ्सिर १० बुधबार
- दक्षिण अफ्रिकाले कोलकाता टेस्ट ३० रनले जितेको थियो भने गुवाहाटी टेस्ट ४०८ रनले जितेको छ ।
काठमाडौँ : भारतले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । दक्षिण अफ्रिकाले गुवाहाटी टेस्ट ४०८ रनले जित्दै दुई खेलको टेस्ट सिरिज भारतविरुद्ध २-० ले क्लीन स्वीप गरेको छ ।
दक्षिण अफ्रिकाले कोलकाता टेस्ट ३० रनले जितेको थियो भने गुवाहाटी टेस्ट ४०८ रनले जितेको छ ।
दक्षिण अफ्रिकाले ५४९ रनको लक्ष्य दिएकोमा भारत १४० रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा र घरेलु मैदानमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो हार हो । यसअघि २००४ मा अस्ट्रेलियासँग नागपुरमा ३४२ रनले हार बेहोरेको थियो ।
भारतले पछिल्लो १३ महिनामा योसहित दोस्रो पटक घरेलु मैदानमा टेस्ट सिरिजमा क्लिन स्वीपसहित हार बेहोरेको छ । यसअघि, अक्टोबर-नोभेम्बर २०२४ मा न्युजिल्यान्डले तीन खेलको टेस्ट सिरिजमा भारतलाई ३-० ले पराजित गरेको थियो । यो हार विश्व टेस्ट च्याम्पियनसिपको दृष्टिकोणबाट भारतको आशामा धक्काको रुपमा हेरिएको छ ।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा ४८९ रन बनाएको थियो। जवाफमा, भारतको पहिलो इनिङ २०१ रनमा समेटिएको थियो ।
यस टेस्टमा भारतका नियमित कप्तान शुभमन गिल इन्जुरिका कारण खेलेका थिएनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।