भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन
२०८२ मङ्सिर १० बुधबार
- भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।
काठमाण्डौ, १० मङ्सिर । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।
भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।
आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।
रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् । उनले भने- 'म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।'
रोहितको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।