आइसीसी टी-२० विश्वकपमा यस्तो छ नेपालको समुह चरणको खेल तालिका

२०८२ मङ्सिर १० बुधबार
सारांश
  • २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

काठमाण्डौ, १० मङ्सिर । आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् ।

 

नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा हुने भएका छन् ।

 

नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ ।  त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ ।

 

विश्वकपका समुह :

 

समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया ।

समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान ।

समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली ।

समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई ।

 

२०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार