एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

२०८२ मङ्सिर ०९ मङ्गलवार
सारांश
  • जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

काठमाण्डौ, ९ मङ्सिर । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुँदैछ ।

 

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

 

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

 

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार