लुम्बिनी लायन्सले कर्णाली याक्सलाई दियो १५७ रनको लक्ष्य

२०८२ मङ्सिर ०६ आइतवार
सारांश
  • कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।

काठमाडौं: दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । 


लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको हो । 


लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।


दुवै टिमले आज दोस्रो खेल खेल्दैछन् । जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ । आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार