एनपिएल: काठमान्डू गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

२०८२ मङ्सिर ०६ आइतवार
सारांश
  • शनिबार भएको दोस्रो खेलमा काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।

काठमाडौं : दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा काठमान्डू गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।

 

शनिबार भएको दोस्रो खेलमा काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।

 

काठमाडौंका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । त्यस्तै बेन चाल्र्सवर्थले ३२ रनको पारी खेले । त्यस्तै सन्तोष यादबले २६ रनको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लायक रहेन् ।

 

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

 

विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार