एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

२०८२ मङ्सिर ०३ बुधवार
सारांश
  • काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

 

काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

 

टिमको कुरा गर्दा काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी सहित यो सिजन खेल्दैछ ।

 

त्यस्तै दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार