जेसन रोय पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

२०८२ कार्तिक २९ शनिवार
सारांश
  • पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि इङल्याण्डका आक्रामक ब्याट्सम्यान जेसन रोय पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

 

पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जानकारी दिएको छ । 

 

पोखराले यसअघि न्युजील्यान्डका अलराउन्डर जिम्मी निशामलाई अनुबन्ध गरेको थियो भने बार्बडियन अलराउन्डर रेमन रेइफर र इङल्याण्डका एडम रोसिङटन र डान डौथवेटलाई पनि अनुबन्ध गरेको छ ।

 

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास, दिनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री लगायतका खेलाडी रहेका छन् ।

 

यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार