पोर्चुगल आयरल्याण्डसँग पराजित, रोनाल्डोले पाए रातो कार्ड
२०८२ कार्तिक २८ शुक्रवार
- आयरल्याण्डको जितमा दुवै गोल ट्रोय प्यारोटले गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो ।
काठमाण्डौ, २८ कार्त्तिक । पोर्चुगल फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा आयरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आयरल्याण्डको जितमा दुवै गोल ट्रोय प्यारोटले गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो । रोनाल्डोले खेलको ६१औं मिनेटमा रातो कार्ड पाएका थिए । २२५ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा रातो कार्ड पाएको पहिलो पटक हो ।
युरोपको छनौटको समुह एफमा रहेको आयरल्याण्डले यो जितपछि ५ खेलमा ७ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ । त्यस्तै पोर्चुगलको ५ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । अब पोर्चुगलले अर्को खेल अर्मेनियासँग नोभेम्बर १६ मा खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’