हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

२०८२ कार्तिक २३ आइतवार
सारांश
  • आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।

काठमाडौँ, २३ कार्त्तिक । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

 

आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो ।

 

युएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो । यसअघि युएईले पहिला ब्याटिंग गर्दै ६ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो ।

 

यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा यहि सकिएको छ । त्यस्तै युएई र श्रीलंका बाउल लिगको फाइनलमा पुगेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार