हङकङ सिक्सेसमा भारतमाथि नेपाल ९२ रनले विजयी

२०८२ कार्तिक २२ शनिबार
सारांश
  • शनिबार सम्पन्न खेलमा नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको भारतले ३ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगमा नेपालले भारतलाई ९२ रन ले पराजित गरेको छ ।

 

शनिबार सम्पन्न खेलमा नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको भारतले ३ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।

 

भारतका लागि भरत चिप्ली र प्रियंक पंचलले १२-१२ रन बनाएका थिए भने कप्तान दिनेश कार्तिक र शाहबाज नदीमले ७-७ रन बनाएका थिए । त्यस्तौ रोबिन उथप्पाले ५ र स्टुअर्ट बिन्नी शुन्यमा आउट भएका थिए । त्यसैगरी नेपाली बलर रशिद खानले ३ विकेट लिए भने बसिर अहमदले २ र रुपेश सिंहले एक विकेट लिएका थिए ।

 

यसअघि पहिला ब्याटिंग गरेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि रशिद खानले ५५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए भने कप्तान सन्दीप जोराले ४७ र लोकेश बमले ३१ रन बनाएका थिए ।

 

अब नेपालले बाउल लिगको अर्को खेलमा भोली बिहान युएईसँग खेल्ने छ ।   

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार