भारतमा अस्ट्रेलियाका दुई महिला क्रिकेटरमाथि दुर्व्यवहार, आरोपी पक्राउ
२०८२ कार्त्तिक ०८ शनिवार
- भारतको मध्यप्रदेशको इन्दौरमा अस्ट्रेलियाका महिला खेलाडीमाथि दुर्व्यवहार भएको घटना बाहिर आएको हो । अष्ट्रेलियाली टोलीका सुरक्षा अधिकारी ड्यानी सिमन्सले दायर गरेको उजुरीको आधारमा प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेको छ ।
काठमाडौँ : भारतमा आइसीसी महिला क्रिकेट विश्वकपमा भाग लिइरहेका दुई अष्ट्रेलियाली खेलाडीहरू विरुद्ध यौन दुर्व्यवहार भएको छ ।
भारतको मध्यप्रदेशको इन्दौरमा अस्ट्रेलियाका महिला खेलाडीमाथि दुर्व्यवहार भएको घटना बाहिर आएको हो । अष्ट्रेलियाली टोलीका सुरक्षा अधिकारी ड्यानी सिमन्सले दायर गरेको उजुरीको आधारमा प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ७४ (जुन महिलामाथि उनको विनम्रतालाई भंग गर्ने उद्देश्यले आक्रमण वा आपराधिक बल प्रयोगसँग सम्बन्धित छ) र धारा ७८ (महिलालाई पछ्याउने) अन्तर्गत मुद्दा दर्ता गरेको हो ।
प्रहरीले दुई अष्ट्रेलियाली खेलाडीहरूलाई दुर्व्यवहार गरेको पाइएपछि आरोपीलाई पक्राउ गरिएको छ ।
प्रहरीमा परेको उजुरी अनुसार, घटना बिहीबार बिहान भएको हो जब दुई अष्ट्रेलियाली खेलाडीहरू इन्दौरको रेडिसन ब्लु होटलबाट करिब ५०० मिटर टाढा खजराना रोडमा रहेको क्याफेमा हिँडिरहेका थिए । महिला खेलाडीहरू जाँदै गर्दा, मोटरसाइकलमा आएका एक व्यक्तिले उनीहरूलाई पछ्याउन थाले र अश्लील टिप्पणी गर्न थालेका थिए । डराएका खेलाडीहरू तुरुन्तै होटल फर्किए र टोली व्यवस्थापनलाई जानकारी दिए । यसपछि, अष्ट्रेलियाली टोलीका सुरक्षा अधिकारीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरी टोलीले यस घटनामा तुरुन्तै कारबाही गरेको थियो । घटनाको जानकारी पाएपछि, प्रहरीले क्षेत्रको सीसीटीभी फुटेज जाँच गर्यो, जसमा अभियुक्त मोटरसाइकलमा खेलाडीहरूलाई पछ्याउँदै गरेको देखिएको थियो । पछि अभियुक्तलाई पक्राउ गरियो ।
आईसीसी महिला क्रिकेट विश्वकप सेप्टेम्बर ३० देखि भारत र श्रीलंकामा खेलिँदैछ, जसको फाइनल नोभेम्बर २ मा हुदैछ । यस विश्वकपमा अस्ट्रेलियासहित भारत, दक्षिण अफ्रीका र इङल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’