इङल्याण्डका रोसिङ्टन एनपीएलमा पोखराबाट खेल्ने

२०८२ कार्त्तिक ०७ शुक्रवार
सारांश
  • पाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी पोखरा एभेन्जर्सले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान एडम रोसिङ्टनलाई दोस्रो सिजनका लागि भित्र्याएको छ ।

काठमाडौँ, ७ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी पोखरा एभेन्जर्सले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान एडम रोसिङ्टनलाई दोस्रो सिजनका लागि भित्र्याएको छ ।

 

इङल्याण्डको फस्ट क्लास क्रिकेटमा ५ हजार भन्दा बढी रन बनाएका ३२ बर्षिय एडमले टी-२० मा विश्वका विभिन्न फ्रेन्चाइजीसँग खेलेका छन् । उनले दुबई क्यापिटल, चेन्नई ब्रेभ्स, सनराइजरस इस्टर्न केप कराची किंग्स जस्ता टिमबाट खेलिसकेका छन् ।

 

कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरामा सागर ढकाल, आकाश चन्द,  किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेलअभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री जस्ता खेलाडी रहेका छन् ।     

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार