भारतको लगातार दोस्रो हार, एक खेल अघि नै अस्ट्रेलियाले जित्यो सिरिज
२०८२ कार्त्तिक ०६ बिहीवार
- भारतले दिएको २६५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
काठमाडौँ :अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो ।
भारतले दिएको २६५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि माथ्यु शर्टले सर्बाधिक ७४ रन बनाए भने कूपर कोन्नोलीले अविजित ६१ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह, हर्षित राना र वाशिंटन सुन्दरले २-२ विकेट लिए भने मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २६४ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्बाधिक ७३ रन बनाएका थिए भने श्रेयस अय्यरले ६१, अक्सर पटेलले ४४ रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिएका थिए भने जेभियर बार्टलेटले ३ तथा मिचेल स्टार्कले २ विकेट लिएका थिए ।
यो जितसँगै तीन खेलको सिरिजमा लगातर दोस्रो जित हासिल गर्दै सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल शनिबार हुदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।