काभा मेन्स नेसन्स कपमा सहभागी हुने नेपाली भलिबल खेलाडीको बिदाई

२०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • नेपाल भलिबल संघले प्रतियोगिताका लागि १४ सदस्यीय टिमको घोषणा यसअघि गरिसको छ ।

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काभा मेन्स नेसन्स कपमा सहभागी हुने नेपाली भलिबल टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन । प्रतियोगिता कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा हुन लागेको छ ।

 

नेपाल भलिबल संघले प्रतियोगिताका लागि १४ सदस्यीय टिमको घोषणा यसअघि गरिसको छ ।

 

नेपाली टिममा धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, सरन सामरी क्षेत्री, शैलेन्द्र यादब, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द र सन्तोष राई रहेका छन् । 

 

त्यस्तै टिम व्यवस्थापकमा प्रविन श्रेष्ठ तथा प्रमुख प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खडका रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार