- शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।
काठमाडौँ, १ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको भ्रमण जकपुरधाममा गराइएको छ ।
शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।
एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्टस टिमका सदस्य र क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थितीमा एनपिएलको ट्रफीसहित जनकपुरको परक्रमा गरिएको छ ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्टस टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन् । ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्टस जिन्दावादको नारा लगाएका थिए ।
मधेश प्रदेश पछि ट्रफी टुर अन्य प्रदेशहरुमा पनि गरिने जनाइएको छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि हुने भनिएको छ । यस पटक हुने सिजन दुई थप उत्साहले भरिएको हुने र दर्शकलाई थप मनोरञ्जन दिने किसिमले तयारी गरिएको आयोजक कमिटिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’