दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी, टेस्ट सिरिजमा १-० ले अगाडी

२०८२ असोज २९ बुधवार
सारांश
  • टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो ।

काठमाडौँ : पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

 

टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो ।

 

दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

 

अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार