स्कटल्यान्डका विस्फोटक ब्याट्सम्यान मुन्सी एनपीएलमा विराटनगरबाट खेल्ने

२०८२ असोज २५ शनिवार
सारांश
  • एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ सम्म हुँदैछ ।

काठमाडौँ, २५ असोज । स्कटल्यान्डका विस्फोटक ब्याट्सम्यान जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

 

विराटनगरले ३२ वर्षीय ब्याट्सम्यान मुन्सीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा उनलाई भित्राएको छ ।

 

उनले स्कटल्याण्डका लागि हालसम्म ८१ टी-२० अन्तर्राष्ट्रिय खेलमा खेल्दै २३०२ रन बनाएका छन् । जसमा २ शतक र १३ अर्धशतक सामेल छन् । मुन्सीले स्कटल्याण्डको राष्ट्रिय टिम बाहेक विभिन्न टी-२० लिगमा खेलेका छन् ।

 

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना जस्ता स्वदेशी खेलाडी रहेका छन् ।

 

एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ सम्म हुँदैछ । एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार