नेपाली महिला क्रिकेट टिमले आज मलेसियाविरुद्धको पहिलो खेल खेल्दै

२०८२ असोज १६ बिहीवार
सारांश
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ ।

काठमाडौँ, १६ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ ।

 

नेपालले मलेसियासँग पहिलो खेल आज खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ ।

 

त्यस्तै दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

 

जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विष्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार