- फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एशिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बनेका छन् ।
एजेन्सी, १३ असोज । भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै कीर्तिमानी नवौं पटक एसिया कपको उपाधि जितेको छ ।
भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको सम्पूर्ण टोली १९.१ ओभरमा १४६ रनमा अलआउट भयो । १४७ रनको लक्ष्य पछ्याउँदै भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर १५० रन बनाएर खेल जित्यो । तिलक वर्माले उत्कृष्ट पारी खेल्दै ५३ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित ६९ रन बनाए भने रिंकु सिंहले विजयी चौका प्रहार गरेर जित दिलाएका थिए । भारतका लागि शिभम दुवेले ३३, सन्जु सामसनले २४ र शुभमन गिलले १२ रन बनाएका थिए ।
त्यस्तै पाकिस्तानी बलर फहीम अशरफले ३ तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एशिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’