डेम्बेलेले जिते ब्यालन-डी-अर अवार्ड

२०८२ असोज ०७ मङ्गलवार
सारांश
  • ओउसमान डेम्बेलेले यस बर्षको ब्यालन-डी-अर अवार्ड जितेका छन् ।

काठमाडौँ, ७ असोज । ओउसमान डेम्बेलेले यस बर्षको ब्यालन-डी-अर अवार्ड जितेका छन् ।

 

फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड यस बर्ष पिएसजीबाट खेल्ने २८ बर्षिय डेम्बेलेले जितेका हुन् ।

 

बेलुन डो अरको दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए ।

 

बेलुन डो अरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए ।

 

त्यसैगरि महिला तर्फको बेलुन डो अर भने स्पेनकी ऐताना बोनमातीले लगातार तेस्रो पटक जितेकी छन् । उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने गर्दछिन् । त्यस्तै लामिन यमलले यस बर्षको कोपा ट्रफी जितेका छन् । यो हरेक बर्ष उदियमान फुटबलरलाई दिने गरिन्छ ।

 

त्यस्तै यस बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पिएसजीका लुइस इनरिकले जितेका छन् । इनरिकले पीएसजीलाई पिलो पटक च्याम्पियन्स लिग जिताएका थिए ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार