- गण्डकी प्रदेशमा विसं २०७९ मा सञ्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए ।
म्याग्दी, १४ भदौ : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ ।
खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयन हुन नसकेको हो । आर्थिक स्रोतको अभावमा डिपिआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए।
“११ ए साइडको फुटबल खेल सञ्चालन गर्न सकिने क्षेत्रफलको खेलमैदानमा पूर्वाधार निर्माणका लागि प्रदेश र सङ्घीय सरकारमा योजना प्रस्ताव गरे पनि प्राथमिकतामा परेको छैन”, उउनले भने, “स्थानीय तहसँग पर्याप्त आर्थिक स्रोत छैन । प्रदेश र सङ्घीय सरकारबाट साथ नपाउँदा सुविधायुक्त र व्यवस्थित खेलमैदान बनाउने योजना अघि बढ्न सकेको छैन ।”
गण्डकी प्रदेशमा विसं २०७९ मा सञ्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि चुत्रेनीमा खेलमैदान बनाउने चर्चा भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्राविधिक टोलीले चुत्रेनी पुगेर खेलमैदानको अवलोकन पनि गरेका थिए ।
म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि चार किलोमिटर पश्चिमतर्फ म्याग्दी नदीको किनारमा बालजागृति आधारभूत विद्यालय परिसरको खेलमैदानमा प्यारापिट, घेराबार र स्टेजलगायतका पूर्वाधार आवश्यक छ । बेनी नगरपालिकाले हालसम्म करिब रु ४० लाख खर्चेर खेलमैदान सम्माएको, भूमिगत पानी व्यवस्थापन र केही ठाउँमा तारजाली लगाएको वडाध्यक्ष बानियाँले बताए।
फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका साथै एथलेटिक्स खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि चुत्रेनीको मैदानमा पर्याप्त जग्गा भए पनि व्यवस्थित हुन नसकेकोमा मुनसन युवा क्लबका अध्यक्ष दिनेश बानियाँले चिन्ता व्यक्त गरे।
“बेनी नगरपालिकाका क्षेत्रकै ठूलो र पर्याप्त जग्गा भए पनि चुत्रेनीको खेलमैदानमा सरोकारवालाको आँखा पर्न नसक्नु दुःखद् छ”, उनले भने, “चुत्रेनीको खेलमैदानलाई पूर्वाधार तयार पारेर व्यवस्थित गर्नसकेमा खेलकुदसँगै यस क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुग्ने थियो ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।