नेपाली खेलकुदले विकासमा नयाँ फड्को मारेको छ: मन्त्री चौधरी
२०८२ भाद्र १३ शुक्रवार
- मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।
काठमाडौं: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री चौधरीले विगत ६ दशकको इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह–अवरोह पार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर नेपाललाई विश्वमा चिनाएको उल्लेख गरे ।
उनले भने, ‘विगत ६ दशक भन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले विभिन्न आरोह, अवरोह पार गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रय खेलकुदका क्षेत्रमा पदक प्राप्त गरी विश्वसामू नेपालको झण्डा फहराई राष्ट्रको शिर उच्च राख्ने काम भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्तका लागि नेपाली खेलाडिहरुबाट उपलब्धि हासील गरेको छ । जसले खेलकुदको विकासमा ठूलो फड्को मार्दै गएको देखिन्छ ।’
उनले खेल क्षेत्रको विकासका लागि सरकारले यो वर्ष विगतको तुलनामा बढी बजेट विनियोजन गरेको जानकारी दिँदै खेलाडीको वृद्धि र विकासमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए ।
‘खेलकुद परिषद्ले आफ्नो क्षमतामा अझ बढी वृद्धि गर्दै खेलाडीहरुलाई वृद्धि र विकासमा समेत ध्यान दिन आवश्यक छ,’ उनले भने ‘नेपाल सरकारले खेल क्षेत्रको विकासको लागि विगतका तुलनामा यस वर्ष बजेट विनियोजन बढाउन सफल भएको छ ।’
यसैगरी कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंक घिसिङले पनि पछिल्लो वर्ष नेपाली खेलकुदले थुप्रै उपलब्धि हासिल गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सफलता हात पारेका छन् भने देशभित्र पनि खेलकुद कार्यक्रमहरूको तीव्रता बढेको छ ।’
अध्यक्ष घिसिङले भौतिक पूर्वाधार निर्माणमा पनि उल्लेखनीय काम भएको जानकारी दिँदै नेपाली खेलकुदलाई विज्ञान र आधुनिक प्रविधिसँग जोड्ने काम सुरु भइसकेको बताए ।
उनले भने, ‘पछिल्लो आर्थिक वर्ष २०८१÷८२ को अवधिमा नेपाली खेलकुदले थुप्रै प्रगति गरेको छ । नेपाली खेलकुदलाई विश्वस्तरको एउटा प्रतिष्पर्धात्मक पुर्याउने हाम्रो योजना अनुरुप नेपाली खेलकुदलाई विज्ञान र आधुनिक प्रविधिसँग जोड्ने कामको थालनी समेत गरेका छौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।