साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
११ भाद्र, २०८२, बुधवार
- बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौं: साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग हार बेहोरेको छ ।
बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
यो नेपालको चौथो खेलमा तेस्रो हार हो । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो ।
त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने चौथो खेलमा नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’