साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् ।

काठमाडौं: भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ । 

 

खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । 

 

नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो ।

 

प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार