अस्ट्रेलिया अन्तिम खेलमा २७६ रनले विजयी, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो ।

काठमाडौँ: अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

 

अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रन मात्र बनाएर अल आउट भएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन अप ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर कूपर कोन्नोलीले ५ विकेट लिएका थिए भने जेभियर बार्टलेट र सीन एबोटले २-२ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले सर्बाधिक ४९ र टोनी डी जोर्जीले ३३ रन बनाएका थिए ।

 

यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो ।

 

यस क्रममा अस्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा ट्राभिस हेडले १४२, क्यामरुन ग्रीनले अविजित ११८ र कप्तान मिचेल मार्शले १०० रन बना थिए । त्यस्तै एलेक्स केरीले अविजित ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

 

त्यसैगरि दक्षिण अफ्रिकी बलर केशभ महाराज र सेनुरान मुथु स्वामीले एक एक विकेट लिएका थिए ।

 

यससँगै एकदिवसीय सिरिज भने दक्षिण अफ्रीकाले २-१ ले जितेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार