बंगलादेश ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

२०८२ श्रावण ३१ शनिवार
सारांश
  • बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

काठमाडौँ: अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ए टिमको सामना गर्दैछ ।

 

यस खेलमा बंगलादेश ए ले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

 

यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

 

यस खेलमा नेपालले तीन परिवर्तन गरेको छ । शहाब आलम, सोमपाल कामी र रुपेश सिंहको ठाउँमा करण केसी, नन्दन यादव र रिजन ढकाललाई प्लेइङ ११ मा राखेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार