यस्तो छ उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

२०८२ श्रावण २५ आइतवार
सारांश
  • उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली टिममा गोलकिपर लिला जोशी डिफेन्डर सरिता कुमारीनाथ, माया मास्के, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया खेलिरहेका छन् भने मिडफिल्डमा सुक्रिया मिया, बर्षा ओली र बिर्साना चौधरी छन् । त्यस्तै फरवार्डमा पूर्णिमा राई र मीना देउवा खेलिरहेका छन् ।

काठमाडौँ : नेपालले आज एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।

 

यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल www.youtube.com/@bhutanfootball बाट हुने छ ।

 

यस खेलका लागि नेपालको प्लेइङ ११ सार्बजनिक भएको छ ।

 

उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली टिममा गोलकिपर लिला जोशी डिफेन्डर सरिता कुमारीनाथ, माया मास्के, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया खेलिरहेका छन् भने मिडफिल्डमा सुक्रिया मिया, बर्षा ओली र बिर्साना चौधरी छन् । त्यस्तै फरवार्डमा पूर्णिमा राई र मीना देउवा खेलिरहेका छन् ।

 

यसअघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाल समुह ए मा अहिले २ खेलमा अपराजित रहदै ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको थियो ।

 

समुह ए बाट भुटान र साउदी अरेबिया छनौटको दौडबाट बाहिरिएका छन् भने नेपालले आफ्नो सम्भावना कायम राख्न उत्तर कोरियालाई पराजित गर्ने वा बराबरी खेल्ने विकल्प रहेको छ । नेपाल शिर्ष स्थानमा पुग्न उत्तर कोरियालाई २५ गोलको अन्तरमा पराजित गर्नुपर्ने अवस्था छ., जुन सम्भव देखिदैन । यस अवस्थामा नेपालले सामान्य जित र बराबरीको विकल्प लिएर मैदानमा उत्रिने छ ।  

 

आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार