एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो

२०८२ श्रावण २४ शनिवार
सारांश
  • अक्सनमा लुम्बिनी राइनोज र चितवनबीच भएको प्रतिष्पर्धामा १५ लाखको सिमामा पुगेपछि देवलाई लक्की ड्रबाट चितवनमा पुगेका हुन् ।

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ ।

 

अक्सनमा लुम्बिनी राइनोज र चितवनबीच भएको प्रतिष्पर्धामा १५ लाखको सिमामा पुगेपछि देवलाई लक्की ड्रबाट चितवनमा पुगेका हुन् । देव खनाल पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए ।

 

केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार