भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने
१६ श्रावण, २०८२, शुक्रवार
- ओभल टेस्टको पहिलो दिन बर्षाका कारणले केवल ६४ ओभरको खेल सम्भव भएको थियो
काठमाडौँ । जारी भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई ठुलो झट्का लागेको छ । टेस्टको पहिलो दिन घाइते भएका तिब्र गतिका बलर क्रिस वोक्स अब यस टेस्टको बाँकी दिन खेल्न नसक्ने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले वोक्सले यस टेस्टमा अब अगाडी खेल्न नसक्ने जानकारी दिएको हो ।
पहिलो दिनको खेलमा विहिबार करुण नायरको प्रहारमा बाउन्ड्री बचाउने प्रयास गर्दा वोक्स घाइते भएका थिए र मैदान छोड्नु परेको थियो ।
वोक्सले यस टेस्टमा अहिलेसम्म १४ ओभर बलिङ गरेका छन् र ४६ रनमा केएल राहुलको महत्त्वपूर्ण विकेट लिएका थिए । वोक्सको चोटले इङल्याण्डको समस्या बढेको छ ।
यस टेस्टमा इन्जुरीका कारण कप्तान बेन स्टोक्स सहित केही प्रमुख खेलाडीहरू बाहिर रहेको बेला वोक्सलाई गुमाउनु इङल्याण्डका लागि ठुलो झट्का मानिएको छ ।
ओभल टेस्टको पहिलो दिन बर्षाका कारणले केवल ६४ ओभरको खेल सम्भव भएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २०४ रन बनाएको छ । करुण नायर ५२ र वाशिंगटन सुन्दर १९ रनमा अविजित रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।