वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार चौथो जित
२०८२ श्रावण ११ आईतवार
- वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो
काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको जारी टी-२० सिरिजमा लगातार चौथो जित हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।अस्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले अविजित ५५ रन बनाएका थिए भने जोश इङलिशले ५१ रन बनाए ।
त्यस्तै ग्लेन म्याक्स वेलले ४७ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
यो जितसहित अस्ट्रेलियाले ५ खेलको सिरिजमा ४-० को अग्रता हासिल गरेको छ । अब सिरिजको अन्तिम खेलमा मंगलबार हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।