चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि

२०८२ असार ३० सोमवार
सारांश
  • यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

काठमाडौं: चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।


जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।


दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार