नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

२०८२ असार २१ शनिवार
सारांश
  • अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

काठमाडौं : एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ । 


अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो ।  नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।


शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । 


आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे । त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे । 


छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने ।


नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार