मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

२०८२ असार १९ विहिवार
सारांश
  • विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौं: मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ । 


विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । 


पहिले बलिङ गरेको नेपालले ११.४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पुरा पर्यो ।  नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पु¥याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे ।


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए । 


बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए । अव नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार