इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित

२०८२ असार १५ आईतवार
सारांश
  • सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।

काठमाडौं : नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । 


सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो । 


नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो । 


नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे । 


नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतकीय पारी खेले । परिमार्जनले २८ बलमा ७१ रन बनाउँदा रौनकले ७१ बलमा ८८ र जोयले ४१ बलमा ५७ रन बनाए । 


नेपालका सुगम बुढाथोकीले ३९ रनको योगदान गरे ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २० रन बनाएको थियो ।  


आजको खेलमा जित निकाल्दै नेपाल ३ खेलबाट ६ अंक जोडेर समूह ‘ए’ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार