एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

२०८२ असार ०८ आईतवार
सारांश
  • सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने बताए ।

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् । 


नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेलेर आइतबार टोली स्वदेश फर्किएका हुन् । 


सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने बताए । 


जानुभन्दा अगाडि जतिपनि लक्ष्य राखेका थियो त्यो पूरा लगभग सबै पूरा भएको पनि उनको भनाई छ । 


उनले भने, ‘सिरिज एकदमै राम्रो भयो । जानुभन्दा अगाडि जुन लक्ष्य राखेका थियौं त्यो पूरा भयो जस्तो लाग्यो, । जुन हिसाबले खेलेका थियौ त्यसमा म खुसी छु । आउने दिनहरुमा अझ बढि आत्मविश्वासका साथ खेल्ने छौ ।’ 


स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको थियो । नेपाली टोलीले तयारीका क्रममा युकेमा खेलिएको पाँचवटै अभ्यास खेलमा विजयी हासिल गरेको थियो ।


स्कटल्याण्डमा लिग टु का खेल अघि स्कटल्याण्ड ए सँग २ अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा पराजित नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।


त्यसपछि भएको नेदरल्याण्ड्स र घरेलु टोली रहेको लिग टु का ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । लिग टु अन्तर्गतको सिरिज पश्चात भएको टि ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भयो । ३ देश सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा २ जितका साथ नेपाल दोस्रो भयो ।


यसपछि टि ट्वान्टी विश्वकपको तयारीका लागि नेपालको भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमण रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार