त्रिकोणात्मक टी–२०: पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने
२०८२ असार ०२ सोमवार
- सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।
काठमाडौं: त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।
टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’