प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित
२०८२ जेठ १९ सोमवार
- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उदघाटन खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जित निकाल्दै रेकर्ड बनाएको हो ।
सुर्खेत : नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उदघाटन खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जित निकाल्दै रेकर्ड बनाएको हो ।
टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए। १ सइ २ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।
२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।
अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालुचोक मैदानमा जारी रहेको छ । टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो । मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।