दिल्लीमा सम्पन्न कुस्ती प्रतियोगितामा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक
२०८२ जेठ ११ आइतबार
- दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए ।
नयाँ दिल्ली : भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन् ।
दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए ।
उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भएका थिए ।
आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वल्र्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए ।
एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएको संघका अध्यक्ष कुसारीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।