- आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
काठमाडौं : महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’