- यो जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ७५ अंक मात्र रहेको छ । अब लिगमा तीन खेल मात्र बाँकी छन्, जसमा एक खेल जिते वा सबैमा बराबरी गरे पनि बार्सिलोना सिजनको च्याम्पियन बन्नेछ ।
काठमाडौं : स्पेनिस ला लिगाको उपाधि नजिकिँदै गर्दा एफसी बार्सिलोना एक कदम अगाडि बढेको छ । आइतबार राति सम्पन्न ‘एल क्लासिको’मा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ४–३ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको आफ्नो अग्रता थप मजबुत बनाएको हो ।
यो जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८२ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ७५ अंक मात्र रहेको छ । अब लिगमा तीन खेल मात्र बाँकी छन्, जसमा एक खेल जिते वा सबैमा बराबरी गरे पनि बार्सिलोना सिजनको च्याम्पियन बन्नेछ ।
बार्सिलोनाले यस सिजन खेलेका चारैवटा ’क्लासिको’मा विजय हात पार्दै अपराजित कीर्तिमान बनाएको छ । पछिल्लो जित कोपा डेल रे फाइनलमा आएको थियो ।
खेलको सुरुवातमै फ्रेन्च स्टार किलियन एमबाप्पेले ५औं र १४औं मिनेटमा गोल गर्दै रियाललाई २–० को अग्रता दिलाएका थिए। तर घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमाल र एरिक गार्सियाको गोलमार्फत पहिलो हाफमै ४–२ को अग्रता लिएको थियो ।
७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे पनि रियालले बराबरी गर्न सकेन । एमबाप्पेले यस सिजन २७ गोल गर्दै ला लिगाको शीर्ष गोलकर्ता बनेका छन् । बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की २५ गोलसहित दोस्रो स्थानमा छन्, यद्यपि उनी आइतबारको खेलमा सुरुवाती टोलीमा थिएनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।