आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने
२०८२ वैशाख २६ शुक्रवार
- आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्नेछ ।
आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
त्यसपछिका दुई स्थानमा रहेका कलकता नाइडर्स र लखनउ सुपर जायन्ट्सको सम्भावना न्यून भइसकेको छ । राजस्थान, सनराइजर्स हैदरावाद र चेन्नई बाहिरिएका छन् ।
शीर्ष स्थानमा रहेको गुजरात र बंगलोरुको १६ अङ्क छ । पन्जाबको १५, मुम्बईको १४ तथा दिल्लीको १३ अङ्क छ। कलकत्ता ११ र लखनउको १० अङ्क छ। मुम्बई, कलकता, राजस्थान र चेन्नईको १२ खेल सकिएको छ भने अन्य टोलीले ११ खेल खेलेका छन्।
आईपीएलमासमेत भारत–पाकिस्तान युद्धको प्रभाव देखिएको छ । शीर्ष चारका लागि पाँच टोलीको भिडन्त निर्णायक हुँदै गर्दा बिहीबारको खेल युद्धकै कारण अवरुद्ध भएको थियो । दिल्लीविरुद्ध सुरुमा ब्याटिङ गरेको पञ्जाबले एक विकेटको क्षतिमा १२२ रन बनाएपछि खेल अवरुद्ध भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’