राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार पत्रकार सम्मेलन गर्दै हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन् ।

काठमाडौं : नेपाल हक्की संघले यही बैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र बैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्ने भएको छ । 


आइतबार पत्रकार सम्मेलन गर्दै हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन्  ।


ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा पुरुष प्रतियोगितामा  मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुने छन् भने सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने महासचिव श्रेष्ठले जानकारी दिए । 


यस्तै, महिलातर्फको प्रतियोगितामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । 


महासचिव श्रेष्ठका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ । 


प्रतियोगिता सञ्चालन गर्न पुरुषतर्फ करिब रु.३५ लाख र महिला हक्की प्रतियोगिताको लागि रु.२५ लाख खर्चको अनुमान गरिएको छ । 


हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गा समेत प्राप्त गरेको पनि जानकारी गराएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार