- क्लब म्यानेजर सरोज उप्रेती भन्छन् - ''क्लबले उक्त टुर्नामेण्ट लक्षित नयाँ-नयाँ क्षमतावान तथा प्रतिभाशाली खेलाडीहरु समावेश गरेको छ । यसअघि पनि नेपालमा ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीहरु समावेश थिए ।''
अबुधाबी, १३ वैशाख । धरान हेल्पिङ ह्याण्डको संयोजकत्त्वमा यहि आउँदो मे महिनाको ३ र ४ तारिकमा शारजहा स्थित अल जोकर प्लेग्राउण्डमा हुने बुढासुब्बा गोल्डकप फूटबल टुर्नामेण्ट (सेभेन ए साइड) कालागि फूलबारी फुटबल क्लबले आफ्नो तयारी तिव्र पारेको छ ।
क्लब म्यानेजर सरोज उप्रेती भन्छन् - ''क्लबले उक्त टुर्नामेण्ट लक्षित नयाँ-नयाँ क्षमतावान तथा प्रतिभाशाली खेलाडीहरु समावेश गरेको छ । यसअघि पनि नेपालमा ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीहरु समावेश थिए ।''
अभिषेक चौलागाईं (खुमलटार एफसि), रमेश घिसिङ्ग (सरस्वती क्लब), रोशन गुरुङ्ग (थ्री स्टार) जस्ता नामहरुले क्लबलाई उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ । उता मछिन्द्र, नेपाल पुलिस, मनाङ-मर्स्याङ्दी जस्ता क्लबबाट खेलिसकेका पूर्व राष्ट्रिय टोलीका खेलाडी सुरज विक पनि टिममा संलग्न छन् । यसर्थ प्रतिभावान खेलाडीले सजिएको टिमले उच्च सफलता हात पार्नेमा विश्वस्त भएको कुरा म्यानेजर उप्रेतीले बताए ।
फूलबारी एफ.सीले टुर्नामेण्टलाई लक्षित गर्दै अबुधाबीमा राष्ट्रिय टिमका खेलाडी विमल घर्तिमगरलाई उच्च सम्मान गरेको छ । यसले टिमलाई थप उर्जा प्रदान गर्ने विश्वास लिईएको छ ।
अर्का खेलाडी मिलन राई (धरानमा आयोजित बुढासुब्बा गोल्डकप- २०२३ को सर्वोत्कृष्ट खेलाडी) टिमको प्रशिक्षणमा सामेल भैसकेका छन् । त्यस्तै, दर्शकका मन जितेका रोहित सुब्बा (माईला) पनि टिममा जोडिन नेपालबाट रवाना भैसकेका छन् ।
फूलबारी एफ.सी. का लागि यो वर्षको बुढासुब्बा गोल्डकप विशेष हुने देखिएको छ किनकि टोलीले नेपालका उत्कृष्ट युवा खेलाडीहरूलाई समेट्दै बलियो स्क्वाड बनाएको छ ।
यस वर्षको स्क्वाडलाई थप उचाइमा पुर्याउनका लागि आर्थिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्ने मुख्य संस्था प्रभु बैंकको भेञ्चर — प्रभु रेमिट रहेको छ। क्लबका संरक्षक प्रकाश पौडेल सँगको सहकार्यमा प्रभु रेमिट यस वर्षको मुख्य प्रायोजक को रूपमा अघि आएको हो । साथै, युएईकै अबुधाबीस्थित नेपाली माझ चिरपरिचित ग्रीन स्काई ट्राभल कम्पनी पनि यस क्लबको अर्को प्रायोजकको रुपमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’