नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का

२०८२ बैशाख १३ शनिबार
सारांश
  • शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितीमा यो सोचमा पूरा हुने बताए ।

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको बताएका छन् । 


शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितीमा यो सोचमा पूरा हुने बताए । 


उनले भने, ‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ । नेपाली क्रिकेटमा एउटा राम्रो जग बनि सकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको छ । यसमा नयाँ प्रशिक्षक थपिनु भएपछि उहाँको उपस्थितीमा क्रिकेटलाई हामीले बलियो बनाउछाँै भन्ने सोचमा छौँ ।’


यस्तै, उनले प्रशिक्षक आज साँझ ८ बजे एयर इन्डिया मार्फत आउन लागेको पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार