राष्ट्रिय स्केटबोर्डिङ : खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन
२०८२ वैशाख ७ आइतबार
- नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विजेता भइन् । लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो भए ।
काठमाडौं : खुसी बिक, गजेन्द्र बर्देवा र अभिषेक परियार आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको आफ्नो विधामा विजेता भएका छन् ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विजेता भइन् । लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो भए ।
खुला पुरुषतर्फ गजेन्द्र प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए । पुरुष जुनियरतर्फ अभिषेक प्रथम, अंकित बिक दोस्रो र अविनाश कुमाल तेस्रो भए ।
खुला विजेताले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार, जुनियर विजेताले १० हजार, दोस्रोले ५ र तेस्रोले ३ हजार रुपैयाँ पुरस्कार पाएको आयोजक संघका सचिव दिनेश बजगाईले बताए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलीपराज बराललगायतले पुरस्कृत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’